About Us

img

विगत १० वर्ष देखि सिनेमा निर्माण तथा अभिनय सम्बन्धित कक्षाहरू सञ्चालन गर्दै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म र रंगमञ्च क्षेत्रबिचको समन्वयलाई सुदृढ बनाउादै दुई विधालाई नजिक ल्याउन तथा नेपाली नाट्य क्षेत्रमा मौलिक र नविन प्रयोगात्मक नाटकहरू प्रस्तुत गरेर नेपाली रंगमञ्चलाई अझै सशक्त बनाउने उद्देश्यका साथ काठमाण्डौाको नक्साल, गैह्रिधारामा कान्तिपुर थिएटर सञ्चालनमा ल्याएको हो। कान्तिपुर थिएटर रंगमञ्च र रंगीन पर्दालाई जोड्ने एउटा साझा मञ्च हो ।  

हाम्रो उद्देश्य 
 समाजका विविध विषयमा आधारित नाटकहरू प्रस्तुत गरेर यो थिएटरले नाटकहरू मार्फत् समाजमा विद्यमान कुरीति, विसंगति लगायत गम्भीर विषयहरू, इतिहास, दर्शन र मानवीय संवेदनालाई उजागर गरी दर्शकहरूमा सामाजिक, राजनैतिक तथा सांस्कृतिक चेतनाको विस्तार गर्ने लक्ष्य बोकेको छ। यो थिएटर सीर्जनशील लेखक, निर्देशक, कलाकार तथा रंगकर्मीहरूका लागि स्वतन्त्र अभिव्यक्तिको मञ्च हो।   अभिनय र रंगमञ्च सिक्न चाहने विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसागै व्यवहारिक अभ्यासको अनुभव पनि प्राप्त गरुन् भन्ने हेतुका साथ कान्तिपुर थिएटरले यसलाई प्रयोगात्मक विद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ।