MAHABHARAT
5.0/10

MAHABHARAT

कान्तिपुर फिल्म एकेडेमी को पाँचौ थिएटर प्रोडक्सन 'महाभारत', यही जेठ १४ गते बिहीबारदेखि कान्तिपुर थिएटर, गैह्रिधाराबाट सार्वजनिक मञ्चन सुरु हुँदैछ ।

नेपाली रंगमञ्चको आयतन अझ फराकिलो बनाउने र सबै पुस्ता र क्षेत्रका कलाकारलाई अटाउने यो हाम्रो अर्को प्रयास हो । यही नाटक 'महाभारत' बाट नेपाली चलचित्र, टेलीभिजन, रंगमञ्च, फिल्म स्कुल र थिएटरका अनुभवी र नवकलाकारहरु रमेश बुढाथोकी, मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ प्रतिक चौधरी र सुप्रज्ञा शर्मा पहिलो पटक मञ्चमा सँगै देखिँदै हुनुहुन्छ ।

निर्देशक नविन भट्टले यही नाटकलाई निर्देशन गर्दैहुनुहुन्छ भने हामीसँग 'महाभारत' निर्माणमा नेपथ्यमा अन्य ५० जना भन्दा धेरै कलाकार र रंगकर्मीहरुले मेहेनत गरिरहनुभएको छ । 'मीरा', 'शिरीषको फुल', 'महारानीको जात्रा' र 'सेतो धरती' का दर्शकहरुको अपेक्षा र सुझावलाई हामीले बढो महत्व र जिम्मेवारीका साथ लिएका छौँ ।

हामी सँधै झै यहाँहरु हाम्रो थिएटरबाट एउटा मीठो र चमत्कारिक रंगमञ्चको अनुभुती लिएर जानुहोस भन्ने चाहन्छौँ । 'महाभारत" को टिकट बुकीङ्ग जेठ ११ गते खुल्नेछ । प्रिय दर्शकहरु, अब हामी यहाँहरुलाई कान्तिपुर थिएटरको मञ्चमा भेट्नेछौँ ।

Release Date: May 28, 2026

Runtime: 1:30:00 Hours

Available Show Dates & Time Slots

Kantipur Theatre (Gairidhara) - Kantipur Academy

Kathmandu

5:15 PM

1:15 PM

5:15 PM

1:15 PM

5:15 PM

5:15 PM